काठमाडौं ६ जेठ, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीको नाम परिवर्तन भएको छ । माओवादी एकता घोषणा पूर्व केही बेर अघि सकिएको एकता संयोजन समितिको बैठकले एकतापछि पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्ने टुंगो लगाएको छ ।
स्रोतका अनुसार एमाओवादीलाई परिवर्तन गर्दै पार्टीको नाम नेकपा ‘माओवादी’ केन्द्र राख्न प्रचण्ड पनि सहमत भएका छन् ।यसअघि नेकपा माओवादी राख्ने या नेकपा माओवादी केन्द्र भन्ने विषयमा सहमति जुटेकोे थिएन ।मातृका यादवको लिखित प्रस्तावपछि सो विषयमा सहमति जुट्न बाँकी थियो । एकता संयोजन समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्नुका साथै पार्टी एकता भव्य ढंगबाट सम्पन्न गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्