काठमाडौं५,जेष्ठ– बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिले पार्टीको रुप नलिँदै चोइटिने क्रम सुरु भएको छ ।
नयाँ शक्तिका अन्तरिम केन्द्रिय परिषद् सदस्य इश्वर पौडेलसहितका ३४ नेता कार्यकर्ताले बाबुराको नयाँ शक्तिको औचित्य नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनीहरुले शक्तिशाली माओवादीनै आजको प्रमुख आवश्यकता रहेको भन्दै राजनीतिक विचार विनाको नयाँ शक्तिले कुनै पनि राजनीतिक अभिष्ट पूरा नगर्ने जनाएका छन् ।उनीहरुले आफूहरु माओवादीमा एकताबद्व हुने जनाएका छन् ।
नयाँ शक्ति परित्याग गर्नेहरुको सूचिःसाभार राताे पाटि
प्रतिक्रिया दिनुहोस्