0 COMMENTS

Sakti-Basnetकाठमाडौं, ५ जेठ । एउटा भनाई नै छ, ‘आफ्नै बैरी भएपछि कसको के लाग्छ र ?’ यो भनाई यतिबेला एमाओवादी नेता तथा गृहमन्त्री शक्ति बस्नेतको जीवनमा ठ्याक्कै लागू भएको छ । अरु त कुरा छाडौं, उनलार्य असफल बनाएर मन्त्रीबाट फिर्ता बोलाउने अभियानमा उनकै पार्टीका नेताहरु लागेको छन् ।

स्रोतका अुनसार गृहमन्त्री बस्नेतलाई असफल बनाउने डिजाइनमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरुको संलग्नता भए पनि बाहिर देखिने गरी भने स्थायी समिति सदस्य गोपाल किराँतीलाई खडा गरिएको छ । कुनै समय भारतीय राजदूत राकेश सुदलाई जुत्ता हान्ने उनै किराँती अहिले ‘प्रो इन्डियन’ रुपमा उदाएको कुरालाई लिएर एमाओवादीभित्रै उनको आलोचना सुरु हुन थालेको छ ।

मधेसी मोर्चासीसहित २९ दलीय गठबन्धनले गरेको सिंहदरबार घेराउमा एमाओवादीका नेता किराँती पनि सहभागी भए । किराँतीले नेतृत्व गरेको किराँत राज्य संघर्ष समिति पनि आन्दोलनमा सहभागी हुने भनेपछि यो विषय एमाओवादीको स्थायी समिति बैठकमा पनि उठेको थियो ।

बैठकपछि पार्टीका कोही पनि नेता यो आन्दोलनमा सहभागी नहुन भन्दै अध्यक्ष प्रचण्डले निर्देशन जारी पनि गरे । तर, त्यसको वास्ता नगरी किराँती आन्दोलनको अग्रमोर्चामा रहेर सहभागी भए । उनकै नेतृत्व्मा आन्दोलनको पहिलो दिन माइतीघर क्षेत्रमा सवारी साधनमाथि तोडफोड पनि भयो । खासमा आन्दोलनलाई हिंसात्मक रुप दिने, मुठभेडको अवस्था सिर्जना गर्ने र गृहमन्त्री बस्नेतलाई असफल बनाएर मन्त्रीबाट फिर्ता बोलाउने रणनीति अन्तर्गत नै उनी आन्दोलनमा गएको स्रोतको दावी छ । बुधबार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।