काठमाडौं, ५ जेठ। ग्यास डिपोमा भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएका टिकबहादुर राईको मृत्युपछि परिवारले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएको छ ।
वैशाख २७ मा महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिई हिरासतमा राखेको राई २८ गते दिउँसो हिरासतमुक्त भएका थिए । हिरासतमुक्त भएपछि उपचारका क्रममा बेलुका नेपाल मेडिकल कलेज अस्पतालमा उनको मृत्यु भएको थियो ।
चिकित्सकिय रिर्पोटमा उनको मृत्युको कारण ‘टाउकोमा लागेको चोटका कारण मस्तिष्कमा आन्तरिक रक्तश्राव भई स्वासप्रश्वासमा समस्या आउनु’ उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्