0 COMMENTS

period-sexअमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए । सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ?’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।