0 COMMENTS

ntcकाठमाडौं, ४,जेठ  – नेपाल टेलिकमले ९० रुपैयाँमा एक हप्तासम्म रातभरी इन्टरनेट चलाउन पाइने नाइट डाटा प्याकेज अफर ल्याएको छ ।

इन्टरनेशनल टेलिकम्युनिकेशन आइटियू डेको अवसरमा जेठ ४ गतेदेखि जेठ १८ गतेसम्म जिएसएम प्रिपेड र सिडिएमए पोष्टडपेड तथा प्रिपेडमा यो अफर उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

यो अफर अन्तर्गत ९० रुपैयाँमा मा ७ दिनसम्म बेलुका ११ बजेदेखि बिहान ५ बजेसम्म चाहिएजति इन्टरनेट चलाउन पाइने छ । यो अफर लिन चाहनेले मोबाइलको म्यासेज बक्समा nightdata टाइप गरेर १४१५ मा एसएमएस गर्नु पर्ने टेलिकमले स्पष्ट पारेको छ । प्रत्येक वर्ष मे १७ तारिखलाई आइटियू डेको मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।