0 COMMENTS

 जेठ,४ काbankठमाडौं ।नक्कली डाक्टर, ईन्जिनियर पाईलट मात्र होईन अब बैंकिङ क्षेत्रका कर्मचारी समेत नक्कली भएको खबर सार्बजनिक हुन थालेका छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी र महानगरीय अपराध महाशाखाले नक्कली डाक्टर ईन्जिनियर र पाईलट पक्राउ गरेसँगै यसको प्रभाब बैकिङ क्षेत्रमा पनि देखिन थालेको हो ।

नाम चलेका अधिकांस बैंकिङ क्षेत्रका साधारण कर्मचारी देखि प्रमुख कार्यकारी अधिकृत (सिईआ)ेले समेत नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएको स्रोतको दाबी छ । बैंकरहरुले आफ्ना आफन्त बैंकमा घुसाउनको लागि नक्कली शैक्षिक प्रमाण पत्रको आड लिएको बैंकका एक कर्मचारीले बताएका छन् ।

उनका अनुसार अधिकांस ‘क’ बर्गकै बैंकमा यो ठूलो समस्याका रुपमा खडा भएको छ । प्रहरीले नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर, ईन्जिनियर र पाईलटको पर्दाफास गरेपछि बैंकिङ क्षेत्रका नक्कली सिईओ खोज्न थालेको उच्च प्रहरी स्रोत बताउँछ ।

राजधानीका अधिकांस चल्तीका बैंकमा १० प्रतिशत कर्मचारीले नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएको स्रोतको दाबी छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र अपराध महाशाखाले यसको अनुसन्धान थालेको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।