0 COMMENTS

Baluwatar_PM_Residenceकाठमाडौं, जेष्ठ ३ –संघीय गठबन्धनले भोलि मंगलबार बालुवाटार घेराउको कार्यक्रम रहेको जनाएको छ । गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्नलागेको हो । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले यसबारे जानकारी दिँदै मंगलबार सिंहदरबार र बालुवाटार घेराउन गर्ने जनाएका हुन् ।

उनले सोमबार प्रहरीले धरपकड गरेको भन्दै आन्दोलनलाई सशक्त बनाउने बताए । १०/१५ जना कार्यकर्ता घाइते भएकामा दुई तीन जनालाई अस्पताल लगिएको उनले बताए ।
भिजिलान्ते भन्दै विद्यार्थीमाथि आक्रमण

यस्तै, आन्दोलनकारीले सोमबार भिजिलान्ते भन्दै विद्यार्थीमाथि आक्रमण गरेका हुन् । एसएसपी विक्रम थापाका अनुसार अर्घाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेलसहित अर्का एक जनालाई गठबन्धनका कार्यकर्ताले आक्रमण गर्दा उनीहरु घाइते भएका छन् । अहिले उनीहरुको उपचार भइरहेको छ । सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमानस्थानमा उनीहरूले प्रदर्शन गरेका थिए।गठबन्धनले मंगलबार बिहान १० बजेदेखि प्रधानमन्त्री निवास वालुवाटार घेर्ने जनाएको छ। आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि वालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ। गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले मंगलबार वालुवाटार तयारीमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।