0 COMMENTS

 period-sexघरमा पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत (नाम परिवर्तन) चिन्तित थिए । तीन वर्षको छोराको आमा रहेकी बिमली (नाम परिवर्तन)अर्के केटासँग अफेयरमा थिईन। असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर घरबाट निस्किए । विमलीलाई झन बाटो खुल्यो । चर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे । सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन ।

अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले । प्रहरीको महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको सूचना पाए । प्रहरीले विमलीलाई अर्को केटासँग रहेको बेला समात्यो । ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ । प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने तर क्षतिपूर्तिबापत ८ लाख तिरिदिने बताए । उनी फाइनान्सबाट पैसा निकालेर विमलीका पतिलाई बुझाउन प्रहरी चौकीमै पुगे । प्रहरीले सम्झाएपछि विमलीलाई अँगाल्ने निधो गरिसकेका अच्युतको एकाएक मन फेरियो र उनले तीन वर्षको छोरालाई देखाउँदै भने, ‘यो मेरो छोरो होइन, त्यही केटासँग सुतेर जन्माएकी हो । डीएनए टेस्ट गरेर मात्र लैजान्छु ।’ प्रहरी निरीक्षक चन्दका अनुसार विमलीमा कुनै पश्चाताप थिएन । विमलीले पतिलाई छाडी छोरोलाई लिएर गइन् । तस्विरःगुगलबाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।