0 COMMENTS

kisan-id-cardनेपालगन्ज, जेष्ठ ३ –सरकारले वास्तविक किसानको पहिचान गर्नका लागि किसान परिचयपत्र वितरण सुरु गरेपछि जिल्लामा अहिलेसम्म दुई हजार ७६ जनाले परिचयपत्र बनाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार कुल १० हजार ७०० किसानलाई परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ फारम सङ्कलन गर्ने कार्य भइरहेको छ । चालू आवका लागि अहिलेसम्म थप एक हजार ३०७ किसानले परिचयपत्र बनाउनका लागि निवेदन दिएका छन् ।

परिचयपत्र बनाउनका लागि नागरिकता, गाविसको सिफारिस, जग्गाको लालपुर्जाको प्रतिलिपिका साथै पासपोर्ट साइजको फोटोसहितको विवरण भरेर कृषि विकास कार्यालयमा बुझाउनुपर्ने प्रावधान छ । परिचयपत्र वितरणपछि सरकारले उपलब्ध गराउने अनुदानलगायतका सेवा लक्षित किसानसम्म पु¥याउन सहज हुने भएकाले परिचयपत्र वितरण गर्न सुरु गरिएको कृषि प्रसार अधिकृत धनबहादुर पुनले बताए ।

परिचयपत्रकै आधारमा किसानलाई उपलब्ध गराउने मल, बीउलगायत कृषि उपकरण पाउन सहज हुने आशा किसानको छ । सरकारले गत वर्षदेखि प्रत्येक विकास क्षेत्रका एक÷एक जिल्ला गरी बाँके, धनकुटा, बारा, बागलुङ र डडेल्धुरामा कृषक परिचयपत्र वितरण कार्यक्रम लागू गरेको हो । बाँकेमा करिब ६१ हजार किसान कृषि पेसामा संलग्न रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।