0 COMMENTS

ncellकाठमाडौं, ३ जेठ । टेलियासोनेरा कम्पनीले एनसेल सेयर किनबेचको पुँजीगत लाभकर नेपालमा नभएर नर्वेमा तिर्ने जनाएको छ ।

ठूला करदाता कार्यालयले गत साता जारी गरेको प्रेस विज्ञप्तिको जवाफमा टेलियाले यस्तो जवाफ दिएको हो । आफ्नो कम्पनी (टेलियासोनेरा नर्वे होल्डिङ नेपाल, टिएसएनएस) नर्वेमा पनि दर्ता भएको भन्दै उसले नेपाल र नर्वेबीच भएको कर सन्धि (डिटिए)लाई आधार बनाएर उतै तिर्ने जनाएको हो ।

टेलियाले गत बुधबार आफ्नो पुरानो अडान दोहोर्याउँदै नेपाललाई कर नतिर्ने बताएको हो ।

‘टेलियासोनेराले एनसेलमा रहेको आफ्नो सेयर विनिवेश गर्दा नेपालमा कर तिर्नु पर्दैन,’ उसले विज्ञप्तिमा भनेको छ, ‘नेपाली, नर्वेली र अन्य करविज्ञसहितको परामर्शका आधारमा कर नर्वेमा तिर्ने निर्णयमा पुगिएको हो ।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।