0 COMMENTS

Home_ministry_nepal-650x250काठमाडौं, ३ जेठ । मधेसवादी दलहरुले राजधानीकेन्द्रित आन्दोलन सुरु गरेलगत्तै सरकारले काठमाडौं उपत्यकाभित्र तराईका भूमिगत समूहको घुसपैठ हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएको छ ।

मधेसकेन्द्रित दलले आफ्ना माग पूरा गर्न १ जेठबाट राजधानीमा शक्ति प्रदर्शन गर्न थालेलगत्तै सरकारले सुरक्षा सतर्कतातर्फ विशेष ध्यान दिएको हो ।

तराईमा रहेका भूमिगत सशस्त्र समूहले राजधानीमा कुनै न कुनै प्रकारका विध्वंसात्मक कार्य गर्न सक्ने संकेत पाएपछि सुरक्षामा विशेष सतर्कता अपनाइएको सुरक्षा निकायको भनाइ छ ।

घुसपैठ भए तराइबासी बाहेक अन्य समुदायका मानिसमाथि पनि आक्रमण हुनसक्ने तथा आन्दोलनलाई उत्तेजित पारेर शान्ति सुरक्षामा समेत असरा पार्न सक्नेतर्फ ध्यानकेन्द्रित भएको गृह मन्त्रालयले जनाएको छ ।

‘मधेस आन्दोलनका समयमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतका नेताहरुप्रति अहिले पनि जनतामा नकारात्मक धारणा रहेकाले उनीहरुप्रति आक्रमण हुन सक्छ भन्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ ।’ गृह मन्त्रालयका एक उच्च अधिकारीले भने । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।