0 COMMENTS

Aidsरुपन्देही, १ जेठ / रुपन्देही जिल्लामा ८५ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । गत वर्षभन्दा यो वर्षमा नयाँ एचआइभी सङ्क्रमितको सङ्ख्यामा कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख टङ्कप्रसाद चापगाईंले यो आवमा ८५ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएको बताए । उनले गत वर्षभन्दा यो वर्ष तुलनात्मक रुपमा कम भएको जानकारी दिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत आवमा रुपन्देहीमा १६९ जना एचआइभी सङ्क्रमित थपिएका थिए ।

मृतकको सङ्ख्या भने गत वर्षको तुलनामा चालु आवको नौ महिनामै बढी देखिएको छ । जिल्लामा गत वर्ष २६ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो । यो वर्षको वैशाख तेस्रो सातासम्म २७ जनाको मृत्यु भइसकेको छ ।

उपचारमा ढिला, अन्तिम समयमा उपचारमा आएका र औषधि सेवन ढिलो गरी सुरु गरेका कारण यो वर्ष मृतकको सङ्ख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमख चापागाईंले बताए ।

रुपन्देहीमा एक हजार ३८६ जनामा सङ्क्रमण भएको अनुमान छ भने यीमध्ये ८४२ जनाले एचआइभीको एआरटी औषधी सेवन गर्दै आएका छन् ।

आमाबाट बच्चामा हुने सङ्क्रमण ९० प्रतिशतसम्म रोक्न जिल्लामा पिएमसिटी कार्यक्रम लागू भएको छ । सही तवरले सुत्केरी गराउने र गर्भ बसेको समयमा बच्चालाई सङ्क्रमण हुन नदिन गर्भवती महिलालाई नियमित चेकजाँच गर्ने उद्देश्यले सञ्चालित यो कार्यक्रम भैरहवास्थित भीम अस्पताल, बुटवलको लुम्बिनी अञ्चल अस्पतालको साथै जिल्लाका १८ वटा बर्थिङ सेन्टरमा सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।