0 COMMENTS

Umaoist-Office1काठमाडौं, १ जेठ । एकीकृत नेकपा माओवादीले पार्टीबाट विभिन्न चरणमा अलग भएका सबै दलसँग एकता गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको एमाओवादी केन्द्रीय समिति बैठकले माओवाद विचारधारा मान्ने सबै दलसँग एकता गर्ने निर्णय गरेको हो ।साथै बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकता समिति पनि गठन गरेको छ ।रामबहादुर थापा बादलको नेतृत्वमा क्रान्तिकारी माओवादीसहित मातृका यादव र मणि थापाको पार्टीसँग एकसाता भित्रै एकता गर्ने तयारी छ ।

यसक्रममा शनिबार नै भएको क्रान्तिकारी माओवादीको बहुमत केन्द्रीय सदस्यहरुको भेलाले अध्यक्ष मोहन वैद्यलाई बर्खास्त गर्दै रामबहादुर थापा बादललाई अध्यक्ष चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।