0 COMMENTS

traffic-police-300x300काठमाडौं, १जेठ / ट्राफिक नियमको उल्लंघन गर्नेले शनिबारदेखि बढे अनुसारको जरिवाना तिर्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नयाँ नियम अनुसार न्युनतम पाँच सयदेखि बढीमा १५ सय रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

पहिला न्युनतम ५० रुपैयाँ र बढीमा एक हजार रुपैयाँसम्म थियो । यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संशोधन गर्दै महाशाखाले नयाँ नियम ल्याएको हो । तोकिएको भन्दा बढी मालसामान राखे, प्रयोजन विपरीत गाडी चलाए, हेल्मेट नलगाए, छतमा यात्रु राखे तथा अरु गाडीलाई असर पर्ने गरी चलाए पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्छ ।
यस्तै लाइसेन्स बिना गाडी चलाए, सार्वजनिक ठाउँमा बाधा पुग्ने गरी पार्किङ गरे, दुर्घटनामा परेको गाडी तथा यात्रुलाई नोक्सानी पुर्याए, जाँड रक्सी खाएर गाडी चलाए एक हजार जरिवाना तिराइने ट्राफिक प्रहरीले जनाएको छ ।
कस्तो कसुरमा कति जरिवाना ?
(क) यातायात मार्फत जरिवाना हुने कसुरहरु :
१. निर्धारित भाडा भन्दा बढी भाडा लिई सवारी चलाएको
२. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको
३. सवारीको स्वरुप परिवर्तन तथा मोडिफाई गरेको
४. वास्तविक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएको वा चलाउन लगाएको
(ख) रु १००० जरिवाना हुने कसुरहरु :
१. सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२. सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३. दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४. मादक पदार्थ सेवन गरी सवारी चलाएको
५. सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
(ग) रु ५०० जरिवाना हुने कसुरहरु :
१. तोकिएको भन्दा बढि मालसामान राखेमा
२. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३. सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४. प्रयोजन बिपरीत सवारी चलाएको
५. सवारी आवागमनमा बाधा पुरयाएको
६. अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
७. छतमा यात्रु बोकेको वा राखेको

(घ) रु १५०० सम्म जरिवाना हुने कसुरहरु
१. ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२. सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३. सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५. एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठिक नभएको सवारी चलाएको ।
७. निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८. राती बत्ती नबाली सवारी चलाएको ।
९. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१०. नम्बर प्लेट नराखी सवारी चलाएको ।
११. सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको ।
१२. पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३. सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धा्रित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४. सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५. निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६. लापरवाहीका साथ सवारी चलाएको ।
१७. बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८. सवारी चालक अनुमित पत्र, सवारी दर्ता किताब, सवारी ईजाजत पत्र साथमा नराखी सवारी चलाएको ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।