0 COMMENTS

Nepalhumanrightकाठमाडौँ ,१ जेष्ठ /राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न साना राजनीतिक दलहरु आबद्ध संघीय गठबन्धनले गर्ने आन्दोलनको अनुगमन गर्ने भएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मानवअधिकारकर्मीहरुले आन्दोलनको क्रममा हुने राज्य र आन्दोलनकारी दुवै पक्षका गतिविधिहरुलाई मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने उल्लेख गरिन् ।

आयोगले अनुगमन गर्ने बिषयमा मानवअधिकारसँग सम्बन्धित संस्थाहरुसँग छलफल गरेको थियो । आयोगले आन्दोलनका बेला मानव अधिकारवादी संघसंस्थाहरुबाट अनुगमनकर्ताहरु खटाई नजिकबाट अनुगमन गर्न आग्रह समेत गरेको अन्सारीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा अन्सारीले आफ्नो राजनीतिक अधिकारको लागि गरिने कुनै पनि आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत दलहरुलाई आग्रह गरेकी छिन् ।

‘संघीय गठबन्धनले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरुमा प्रचलित मान्यता विपरीत अवरोध नपु¥याउन तथा आन्दोलनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउन आयोग सरकार र आन्दोलनकारी दुवै पक्षको ध्यानाकर्षण गराउँछ’’ विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरि आयोगले संघीय गठबन्धनले गर्ने आन्दोलनका बारेमा पनि स्थानीय प्रशासन, नेपाल प्रहरी, आन्दोलनकारी र मानवअधिकारकर्मीहरुसँग छुट्टाछुट्टै छलफल गरेको अन्सारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । छलफलमा आन्दोलनकारीहरुले आफुहरुले गर्ने आन्दोलन शान्तिपूर्ण हुने र सुरक्षाकर्मीले आन्दोलनको क्रममा अनावश्यक बलको प्रयोग नगर्ने आयोग समक्ष प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।