0 COMMENTS

KP-Oliकाठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई सामूहिक आवास बनाएर आउँदो वर्षायामअघि नै छानामुनि ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेको ‘भूकम्पपश्चात्को पुनःनिर्माणसम्बन्धी पञ्चवर्षीय योजना’ (पिडिआरएफ) को खाका सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सबै निजी घर निर्माण गरिने बताए ।

भूकम्प प्रभावित जनतालाई व्यस्थापन गर्ने क्रममा अशक्त, महिला, बालबालिका, वृद्ध, बिरामीलाई प्राथमिकतामा राखिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

अन्तर्राष्ट्रिय दातृनिकायका प्रतिनिधिको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पिडिआरएफको खाका अनुसार पुनःनिर्माण गरिने क्षेत्र र रकमका बारेमा विस्तृत जानकारी गराए ।

पिडिआरएफअनुसार पुनःनिर्माण सन् २०१६ देखि सुरु भई २०२० सम्म सम्पन्न हुने र योजनाअनुसार सामाजिक क्षेत्रमा ६ खर्ब ४५ अर्ब, उत्पादक क्षेत्रमा एक खर्ब ६ अर्ब, पूर्वाधार क्षेत्रमा ६१ अर्ब र सामाजिक सुरक्षामा २६ अर्ब गरी जम्मा ८ खर्ब ३८ अर्ब रुपैयाँ रकम विनियोजन गरिने बताए ।

योजनाको खाकाले भूकम्प पश्चात्को पुनःनिर्माण तथा पुनःस्र्थापनाका निम्ति सम्बन्धित सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रका साथै दातृ समुदाय तथा सम्पूर्ण सरोकारवालालाई स्पष्ट मार्ग चित्र प्रदान गर्ने उनको धारणा थियो ।

योजनाले मूलतः पुनःनिर्माण तथा पुनःस्थापना कार्यका निम्ति आवश्यक पर्ने नीतिगत एवम् संरचनागत व्यवस्थाका साथै कार्यान्वयन प्रक्रिया तथा वित्तीय व्यवस्थापनका सम्बन्धमा मार्गदर्शन गरेको छ ।

यो योजना पिडिएनएका आधारमा तयार गरिएको हो । पिडिएनए प्रतिवेदन मूलतः क्षतिको अवस्था आँकलन गर्ने र सबैको सहयोग जुटाउन सहयोगी होस् भन्ने उद्देश्यले तयार पारिएको थियो भने यो योजनाको संसद्द्वारा किटान गरिएको समयावधिभित्र के कसरी योजनाको कार्यान्वयन गर्ने भन्ने कुरामा केन्द्रित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।