0 COMMENTS

prisonबागलुङ, ३१ वैशाख । बागलुङको पाण्डवखानी–९ का २९ वर्षीया नवीनबहादुर पुनले श्रीमतीको हत्या गरेका छन् ।

रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख खड्गनारायण शाहले जानकारी दिए ।

पुनले बिहीबार हँसियाले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए । घाँटीमा गहिरो चोट लागेर गम्भीर घाइते भएकी पुनलाई उपचारका लागि हटिया ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको जनाइएको छ । मदिरा सेवन गरेका बेला आवेशमा आई श्रीमतीलाई हतियार प्रहार गरेको नवीनले प्रहरीसामु स्वीकारेका छन् ।

पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक गौमती पुनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।