0 COMMENTS

 narendra_modi_831068717वैशाख, ३०,काठमाडौं ।पूर्वसम्झौता तोडेर भारतले नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) आफैँ निर्माण गर्ने नयाँ प्रस्ताव राखेको छ।

डेढ वर्षअघि अनुदान दिएर नेपाल सरकारले नै एकेडेमी निर्माण गर्नेगरी सम्झौता भएको थियो। नगद नै अनुदान दिने र नेपाल सरकारले एकेडेमी बनाउने सम्झौता भएको थियो। तर, गत महिना भारतले सबै संरचना आफैँ निर्माण गरेर हस्तान्तरण गर्ने नयाँ प्रस्ताव अघि बढाएको छ ।

भारतको प्रस्ताव छलफलको क्रममा अर्थ मन्त्रालयमा छ। ‘हुलाकी सडक निर्माणको सहयोग मोडलमा प्रहरी एकेडेमी निर्माणको प्रस्ताव भारतको छ,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाले भने, ‘नयाँ प्रस्तावका कारण एकेडेमी निर्माणको काम अघि बढ्न सकेको छैन।’ प्रहरी एकेडेमी निर्माणको सम्झौता १० मंसिर ०७१ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।