0 COMMENTS

dhurmussaकाठमाडौं, २९ वैशाख । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।

भूकम्पगएको एक वर्ष पुगेकै दिन शिल्यान्यास गरिएको उक्त बस्ती निर्माणको काममा उनीहरुले आज (२९ गते)बाट सुरु गरेका हुन् । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडीतलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथकाम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्यकलाकार सिताराम कट्टेलले बताए । यस अघि काभ्रेमा निर्माण गरिएको एकिकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडीतलाई हस्तान्तरण गर्न सफल भएका थिए ।

सबैको साथ र सहयोग भएमा लडेको गिरान्चौर दशैँ सम्ममा सुन्दर एकिकृत बस्ती बन्ने उनको भनाई छ । पहिलो एकिकृत बस्ती निर्माण गर्दा धेरैको सहयोग पाएकाले अर्को बस्ती बसाउने अठोट गरेको भन्दै उनले देश निर्माणको अभियानमा हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् ।

लडेको बस्ती उडाउने अभियानको नेतृत्वमात्र गरेकाहौँ, सहयोगीहातहरुको दह्रो साथ मिलेमा समयमै गिरान्चौर एकिकृत बस्ती निर्माण सम्पन्नहुने उनको विश्वास छ । पहिलेको भन्दा ३ गुणा ठूलो बस्ती निर्माण गर्न लागिएकाले फाउण्डेशनलाई आर्थिकसँगै घर निर्माणको लागिसिमेन्ट, रड, गिट्टी, बालुवा, जस्तालगायतका जिन्सी समानको पनिउत्तिकै आवश्यकता रहेको धुर्मुसले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।