0 COMMENTS

Baramhaniभक्तपुर ,२९ बैशाख  /भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ ।

ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।

ब्रह्मायणी गुठीसहित र चारजना पुुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न जाने क्रममा चोरी भएको जानकारी पाइएको हो । स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको टोली पुुगेको उनले बताए ।

गए राति मन्दिरको बाहिरको ढोका फोडेरभित्र रहेको अर्को ढोकाको भोटे ताल्चा फोडी, अझैभित्र रहेको च्यानल गेटको समेत ताल्चा फोडेर मूर्ति चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

भूकम्पपछि ब्रह्मायणी मन्दिर आसपासका बासिन्दा अन्यत्र गएपछि चोरी गर्न सहज भएको प्रहरीको अनुमान छ । प्रहरीले शङ्कास्पद ठाउँमा छापा मार्ने र विभिन्न नाका बन्द गराई खोजी कार्य सुरु गरिसकेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।