0 COMMENTS

Ranjeet-Rayकाठमाडौ, २७ बैशाख । भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारीको नेपाल सरकारले खण्डन गरेको छ ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालस्थित भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउने तयारी भएका भनि गरिएको प्रचार हल्ला मात्रै भएको स्पष्ट पारेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित गर्नुको साथै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएपछि राजदूत रेलाई पनि फिर्ता पठाउने भन्ने हल्ला चलेको हो ।
थापाले सामाजिक संजाल ट्वीटरबाट केही मिडियामा सरकारले भारतीय राजदूतलाई फिर्ता पठाउन लागेको भन्नेखालका आधारहीन समाचार आएको भन्दै दुई देशबीचको सम्बन्धलाई बिगार्न यस्ता हल्ला फैलाइएको दावी गरेका छन ।

दीपकुमारलाई गम्भिर आरोपसहित फिर्ता बोलाउने ओली सरकारको निर्णयपछि भारतीय मिडियामा नेपालका लागि भारतीय राजदुत रञ्जित रेलाई फिर्ता पठाउने बारे नेपाल सरकारले तयारी गरिरहेको भन्ने आशयका समाचारहरु आएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।