0 COMMENTS

district-administration-office-kathmanduकाठमाडौं, २७ वैशाख । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५ हजार संघ संस्थामध्ये मध्ये करिब पाँच हजारले मात्रै नवीकरण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कडाइ गर्न नसक्दा ४० हजार एनजिओले नवविकरण गर्न कुनै चासो देखाएका छैनन् ।

गैरसरकारी संघसंस्थाहरुले समयमै नवीकरण गर्न अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले नवीकरणमा कडाइ गर्ने भएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पाँच वर्षसम्म नवीकरण नगर्ने खारेजीमा पर्ने जानकारी दिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।