0 COMMENTS

Lajimpat-Prachand-काठमाडौं, २६ वैशाख । केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्ने निर्णय फिर्ता लिएर एमालेसँग नौं बुँदे सहमति गरेको एकीकृत नेकपा माओवादीले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी थालेको छ ।

पदाधिकारीले गरेको निर्णयले सिंगो पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला एमाओवादीले मन्त्री परिवर्तन गर्ने गृहकार्य गरेको हो । सात महिना बितिसक्दासमेत सरकारमा सहभागी ८ मन्त्रीहरुले जनताको समस्यालाई सम्बोधन गर्ने गरी काम गर्न नसकेको भन्दै फिर्ता बोलाउने तयारी भइरहेको एक नेताले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।