0 COMMENTS

goli-60x45मोरङ, २५ वैशाख – मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।

‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूलाई गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगर– १० स्थित एक होटलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।