0 COMMENTS

KP-Oliकाठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर भित्रै स्थानीय निकायको निर्वाचन गरिसक्ने दाबी गरेका छन् ।

प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले उक्त दाबी गरेका हुन् । उनले निर्देशन दिँदै भने, ‘कातिक मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ, त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’

‘२०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुन्छ,’ उनले भने, ‘सत्तासाझेदार एमाओवादीसँग भएको नौंबुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुन्छ ।’ उनले ९ बुँदेले पनि निर्वाचनलाई अझ सुनिश्चित गरेको भन्दै त्यसलाई सरकारको काम गर्ने एग्रिमेन्ट पेपर भएको बताए ।

ओलीले नयाँ संविधान अनुसार प्रहरीलाई पनि संघीय ढाँचामा परिवर्तन हुन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।