0 COMMENTS

ncकाठमाडौँ , बैशाख २५ –व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाए ।

सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत हो भनेका छन् ।

सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरकारसँग सदनमा आएर सो विषयमा जवाफ दिनुपर्ने माग गरर । उनले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको बताए ।

सांसद डा महतले गैर जिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुई मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराए ।

उहाँले एनसेलको विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गर्नुभयो । राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सांसद डा महतले सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राखेका थिए ।

मधेसवादी दलद्वारा बैठक बहिष्कार
व्यवस्थापिका–संसद्को आजको बैठक मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बहिष्कार गरेका छन् ।

सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरेका थिए । उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराए ।

सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।