0 COMMENTS

बैशाख२४,काठमाण्डाै bidhyadevi-bhandari/सरकारले अनुमोदन नगरेकै कारण राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्ध भएको हो त ? सतहमा बाहिर देख्दा त्यही कारणलाई प्रधान मानिए पनि यस्को भित्री रहस्य भने अर्कै छ । परराष्ट्र उच्च स्रोतका अनुसार आगामी वैशाख २७ गते देखि गर्ने तय भएको भनिएको राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका लागि हालसम्म औपचारिक निम्ता नै आएको रहेनछ ।
केही दिन अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति निवासमै केही पत्रकारहरुलाई बोलाएर भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जनाउनुभएको थियो । राष्ट्रपतिको यो अभिव्यक्तिसँगै परराष्ट्रका उच्च अधिकारीहरुले ‘राष्ट्रपतिले हतारमा यस्तो अभिव्यक्ति दिएको ’ भन्दै आलोचना गरेका थिए । ति अधिकारीहरुले आलोचना गर्नुको पछाडि गुह्य रहस्य अर्कै रहेछ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार हालसम्म भारतले राष्ट्रपतिको भारत भ्रमणका लागि कुनै औपचारिक निमन्त्रणा नै पठाएको छैन । यद्यपि राष्ट्रपतिका प्रेस सल्लाहकार भेषराज अधिकारीले मन्त्रीपरिषद्का निर्णयमा ढिलाई हुँदा भारत भ्रमण रद्ध भएको जानकारी गराएका छन । भ्रमणका क्रमममा २२ सदस्यीय भ्रमण टोलीको नाम समेत सार्वजानिक भइसकेको थियो । एकाथरी पक्षले भने भ्रमण रोकिनुको पछाडि नेपालमा विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई कारण देखाएका छन ।
मन्त्रिपरिषदले राष्ट्रपतिको भ्रमणलाई स्वीकृत नगरिएको हल्ला सतहमा चलाइए पनि निमन्त्रणा नै नआएका कारण भ्रमण स्तगित भएको परराष्ट्रका ति अधकारीले जनाए । यस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २७ गते देखि पाँच दिने भारत भ्रमण गर्ने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।