0 COMMENTS

kp-oli-and-prachandaकाठमाडौं, वैशाख २३ । एमाओवादी र एमालेबीच भएको नयाँ समझदारीका आधारमा नयाँ लिखित सम्झौताको प्रारुप तयार भइरहेको छ । एमाओवादी श्रोतले दिएको जानकारी अनुसार, एमाओवादीले उठाएका मुद्दाहरुको एमालेको लिखित सहमति खोज्दै उक्त प्रतिबद्धतापत्र तयार हुन लागेको हो । एमाले र एमाओवादी नेताहरुबीच भएको औपचारिक र अनौपचारिक छलफलपछि ओली सरकारलाई बजेट तथा नीति र कार्यक्रम ल्याउन दिने र त्यसपछि एमाओवादी नेतृत्वमा सरकार निर्माण गर्ने सहमति भएको हो ।

एमाओवादीका सचिव वर्षमान पुनको सक्रियतामा तयार भइरहेको सहमति पत्रसँग जोडिएका विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदमा सम्बोधन गर्न सक्ने सम्भावना रहेको छ । शीर्ष तहमा हस्ताक्षर भएपछि सोही लिखित सहमति अनुसार, एमाओवादीले सरकारलाई सहयोग गर्ने छ ।

सहमति पत्रमा मुख्यतः निम्न कुरा हुनेछन् ।
१. शान्ति प्रक्रियालाई सार्थक टुंगोमा पुर्याउन एमाओवादी माग गर्दै आएको विषयमा एमालेले सहमति कायम गर्ने
२. संविधानको कार्यान्वयन, संविधानमा देखिएका असन्तुष्टि, सीमांकनलगायतका राजनीतिक विषयमा एमालेले स्पष्ट धारणा सहित गम्भीरता देखाउने
३. सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपछि एमाओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिने, उक्त सरकार गठनका लागि ओली सरकारले मार्ग प्रशस्त गर्ने तथा सहयोग गर्ने

सम्भवतः एमाओवादी र एमाले नेतृत्वबीच आजै यो सहमतिपत्रमा हस्ताक्षर हुन सक्ने छ । जेठ १५ पछि राष्ट्रिय सहमतिको सरकार र शान्ति प्रक्रियासँग जोडिएका विषयमा नेपाली कांग्रेसको सहमति लिने काम यतिखेर दुबै दलले गरिरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउबासँग यिनै बुँदाहरुमा नेपाली कांग्रेसको समेत समर्थन र सहमतिको कुरा गरेका छन् ।

शान्ति प्रक्रियाको विषय नेपाली कांग्रेसका लागि समेत महत्वपूर्ण रहेकोले एमालेको लिखित प्रतिबद्धता आएको खण्डमा जेठ १५ पछि राष्ट्रिय सहमतिको सरकार बन्न बाधा नहुने विश्वास एमाओवादीको रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।