0 COMMENTS

KP-Oliकाठमाडौं, २३ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रीपरिषदको बैठक स्थगित भएको छ । प्रमुख सत्तासाझेदार एमाओवादीबाट बनेका मन्त्रीहरु बैठकमा नगएपछि बैठक स्थगित भएको हो ।

बैठक आजै साँझ बस्ने मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका पार्टीहरुले संसदमा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि ओलीले बैठक बोलाएका थिए । बैठकमा विपक्षीको अविश्वासको प्रस्तावलाई कसरी सामना गर्ने भन्नेबारे छलफल गर्ने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।