0 COMMENTS

 

Prachanda_addresses_mass_meetबैशाख २२, काठमाडौं /सत्तारुढ दल एमाओवादीले ओली सरकारको विकल्पमा आफ्नै नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि सहयोग गर्न अपिल गरेको छ ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बुधबार विहान बसेको बैठकले कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन समर्थन दिइसकेको भन्दै प्रचण्डले अाफ्नाे पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न अपिल गरेपछी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने तयारीमा रहेको ओली नेतृत्वको सरकार परिवर्तन गर्ने खेल औपचारिक रुपमा शुरु भएको छ ।

 

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मुख्य सहयोगी दल एमाओवादीले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै हल्लाको रुपमा रहेको सरकार परिवर्तनको खेल मैदानमा आएको छ । ओलीलाई बलियो साथ दिएका प्रचण्ड आफै मैदानमा उत्रेपछि एमालेलाई संकट पैदा भएको छ ।

राष्ट्रिय स्वाधिनता, संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पुनर्निर्माण लगायतका विषयमा एमाओवादीले ध्यानाकर्षण गराउँदा समेत एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्त गरेको पदाधिकारी बैठकले ठहर गरेको छ ।

एमाओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाओवादी सचिव वर्षमान पुनले सहमतिको सरकारका लागि राप्रपा नेपाल, एमाले र फोरम नेपालसँग छलफल भइसकेको बताए ।नेपाली कांग्रेसको प्रस्तावमा एमाओवादी सरकारको नेतृत्व लिन तयार भएको हो । यदि नेपाली काँग्रेस र एमाओवादीबीच सरकारको भागबण्डामा सहमति भए प्रचण्ड नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।