0 COMMENTS

Sashanka-Koirala बैशाख २० –अमेरिका भ्रमणमा रहेका नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् ।

जनसम्पर्क समिति अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरले आज आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै डा कोइरालाले वर्तमान सरकार मधेसको समस्या समाधान गर्न असफल भएको बताए ।

मधेसको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दावी गर्दै उनले पार्टीको सुन्दर सिद्धान्त बुझेर मात्र पार्टीमा लाग्न आग्रह गरे । पार्टीलाई जीवन्त बनाउन विचारको लडाइँ हुनुपर्ने बताउँदै महामन्त्री कोइरालाले व्यक्तिगत स्वार्थका आधारमा गुटबन्दी गर्न नहुने बताए ।

न्यूयोर्क, भर्जिनिया, डल्लास, लस एन्जल्स, सानफ्रान्सिस्को, सिकागोमा हुने कार्यक्रममा भाग लिई कोइराला अर्को साता स्वदेश फर्कने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।