0 COMMENTS

9549_Kanak-Mani-Dixitकाठमाडौं, बैशाख २० –साझा यातायात सहकारी लिमिटेडका अध्यक्ष तथा पत्रकार कनकमणि दीक्षितलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

अकूत सम्पत्ति जोडेको आरोपमा हिरासतमा लिइएका दीक्षितलाई अदालतको आदेशअनुसार सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा राखेका पत्रकार दीक्षितको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा उपचार हुँदैआएको थियो । आज अदालतको आदेशअनुसार सर्वोच्चमा उपस्थित गराइएको हो ।

यही वैशाख १५ गते कानुनी प्रक्रिया नपु¥याई हिरासतमा राखेको भन्दै उनकी पत्नी शान्ता दीक्षितले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन् ।

यसअघि यही वैशाख १२ गते विशेष अदालतले साझा यातायातका अध्यक्ष दीक्षितलाई अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको थियो । अकूत सम्पत्ति जोडेको अभियोगमा अख्तियारले यही वैशाख १० गते दीक्षितलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।