0 COMMENTS

India1-75x75नयाँ दिल्ली, बैशाख २० –भारतीय राज्य पश्चिम बङ्गालको एक निजी घरमा बम बनाइरहेको अवस्थामा भएको विस्फोटमा परी चार जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा भारतको उक्त पूर्वी राज्यको एक घरमा बम बनाउने गरिएको र सोही क्रममा नै सोमबार भएको विस्फोटमा परी ती व्यक्ति मारिएका हुन् । पश्चिम बङ्गालको जउनपुरमा सो दुर्घटना भएको हो । उक्त घटनास्थल बङ्गलादेशको सीमा क्षेत्रमा पर्दछ ।

उक्त क्षेत्रको जियासु शेख नाम गरेका व्यक्तिको घरमा बम बनाउने गरिएको तथ्य पनि यस विस्फोटसँगै खुलेको समाचारमा जनाइएको छ । उक्त राज्यका एकजना प्रहरी उपरीक्षक सइद वाकर राजाले सञ्चारमाध्यमलाई सो जानकारी दिए । उनका अनुसार सो विस्फोटमा परी चारको ज्यान जानुको साथै अरु चार जना पनि नराम्ररी घाइते भएका छन् ।

घाइते हुनेमा बम बनाउने काममा सम्लग्न व्यक्ति परेका छन् । घाइतेको उपचार प्रहरी निगरानीमा भइरहेको बताइएको छ ।
पश्चिम बङ्गालमा यसै अप्रिल महिनामा स्थानीय निर्वाचन भइरहेको छ । सो निर्वाचन आगामी मे ५ मा अन्त्य हुने छ ।
निर्वाचनका समयमा हिंसात्मक घटना घटाउन यसरी निजी घरमा बम बनाउने गरिएको तथ्य खुलेको जानकारी पनि प्रहरी उपरीक्षण सइद वाकरले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।