0 COMMENTS

pradhanmantri-niwas-baluwatarकाठमाडौं२०,बैशाख । मन्त्रिपरिषद्को सोमबारको बैठकले मुलुकका विभिन्न ठाँउमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल ९२६ गेजको जस्तापाता उपलब्ध गराउने निर्णय गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिए ।

यसैगरी बैठकले मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल, झक्कप्रसाद आचार्य,नवराज ढकाल,नीता पोखरेल अर्याल ,उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।