0 COMMENTS

rape-in-busकाठमाडौं, १९ बैशाख । तावाबाट खसेर भुंग्रोमा परियो भने त्यसको उद्धार भएको मन्ने कि भड्खालोमा पर्यो भन्ने ? यस्तै भएको छ दलालको चंगुलमा फसेर मुम्बईको कोठीमा बिक्री हुन लाग्दा सीमानाकाबाट उद्धार गरिएका नेपाली चेलीको हकमा । प्रसंग मानव बेचबिखन र महिला हिंसा अन्त्य भन्ने मूल नारा दिएर उद्धारका नाममा धर्म परिवर्तन गराई क्रिश्चियन बनाउने ‘के आई नेपाल’को हो । यस संस्थाले हालसम्म ५ सय बेचिन लागेका चेलीलाई उद्धार गर्ने भन्दै क्रिश्चियन बनाइसकेको छ ।

दुर्गम भेगबाट न्यून चेतनास्तरका किशोरीलाई वेश्यालयमा बेच्न रोक्ने अभियान चलाउनुको सट्टा कतिबेर दलालले बेच्न ल्याउँछ भनी यो संस्थाका मानिस भारतीय सीमामा ढुकेर बस्छन् । दलालको फन्दामा परेका कलिला किशोरीलाई सीमानाकाबाट फर्काउनु र बेचिनबाट जोगाउनु राम्रो कार्य हो ।

तर, उनीहरूलाई उद्धारका नाममा संस्थाले चलाएको सेफ होममा राखी महिनौँसम्म प्रभुको प्रशिक्षण दिने गरिएको छ । यसका लागि जागिरेकै रूपमा ४ जना पादरीसमेत छन् । तिनले चेलीलाई जीवनको सही बाटो देखाउने नाममा प्रभुका कृपा र नजर उनीहरूमाथि रहेको र प्रभु कृपाले गर्दा नै बेचिएर नारकीय जीवन जिउनबाट जोगिएको सुनाउँछन् । उद्धारका नाममा महिनौँसम्म ‘सेफ हाउस’मा राखी अब तपाईंहरू प्रभुको शरणमा आइपुग्नुभएको छ, भाग्यमानी हुनुभएको छ भन्दै धर्म परिवर्तन, गर्न लगाउनु यस संस्थाको दैनिकी हो ।

आइके नेपालले हजारौं चेलीको उद्धार गरिसकेको र यीमध्ये ५ सय जनालाई धर्म परिवर्तन गराएर प्रचारका लागि खटाएको स्रोतले उल्लेख गरेको छ । यीमध्ये १ सय ६७ जना पूर्णरूपले क्रिश्चियन बनी धर्म प्रचारमा लागेका छन् ।

यसका नेपाल निर्देशक रमेश सापकोटा प्रायः अमेरिकामै बस्छन् । दुई/चार महिनामा नेपाल आउने उनी भएका बेला कार्यालयमा कर्मचारीले हिन्दू संस्कृति झल्काउने गरी टीका वा सिन्दुर लगाएर नजान दबाब दिइन्छ । उनी अमेरिकामै बसेर चर्चमा सम्पर्क गरी धर्म परिवर्तन गर्न रकम संकलन गर्छन् ।

यसकारण आइके नेपालले समाज कल्याण परिषद्लाई बुझाउने वार्षिक विवरण र चर्चमा पेस गर्ने रिपोर्ट दुई थरी हुने गरेका छन् । महिला हिंसाविरुद्ध लागेको देखाउने रमेशको परिवारभित्रै महिला हिंसाका घटना बाक्लै भएका छन् । यससम्बन्धमा संस्थाका अध्यक्ष दयाराम पोखरेललेसँग भने– हामी धर्म परिवर्तन गराउँदैनौं तर आपतमा परेका किशोरीलाई सान्त्वना दिन पादरीलाई प्रवचन दिन लगाउँछौँ । कसैले सेफ होममा आएर कुरान वा हिन्दू धर्मको चर्चा गर्न चाहे पनि स्वागत गर्छौं ।सामाग्री एस काठमाडाै

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।