0 COMMENTS

south-koreaवैशाख,१९ काठमाडौं ।कोरिया जान ६० हजार ६ सय ७८ जनाले आवेदन फारम भरका छन्। फारम बुझाउने समय शनिबार सकिएको छ।

बुधबारदेखि आवेदन खुला गरिएको थियो। गत वर्षभन्दा यसपटक झन्डै १० हजार बढीले आवेदन फारम भरेका हुन्। प्रतिशतमा हिसाब गर्दा यसपटक फारम भर्ने गत वर्षभन्दा १८ प्रतिशतले बढेका छन् तर कोटा भने ६० प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै धरान केन्द्रबाट १२ हजार दुई सय ७६ जनाले फारम भरेका छन्। सबैभन्दा कम जनकपुरमा दुई सय १९ जनाले मात्र फारम बुझाएका ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

उपत्यकामा ३१ हजार चार सय ८८ जना र उपत्यकाबाहिर २९ हजार एक सय ९० जनाले फारम भरेको देखिन्छ।कोटा घटेका बेला आवेदन संख्या थप बढ्नुले यसपटक भाषा परीक्षा निकै प्रतिस्पर्धा हुने देखिएको छ। अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।