0 COMMENTS

baburamकाठमाडौं, बैशाख १९ । नयाँ शक्तिले वैशाख महिनाभर चन्दा उठाउने अभियान सुरु गरेको जनाएपनि हालसम्म कोही कसैले पनि उल्लेख्य रुपमा चन्दा नदिएको बताइएको छ । चन्दाका लागि उद्योगी, व्यवासायीलाई पूर्व–सचिव रामेश्वर खनाल र डा. भट्टराईको हस्ताक्षर भएको पत्र पठाइएको छ ।

यस्ता नौटंकीलाई किन दिने चन्दा भन्दै उद्योग वाणिज्य महासंघका एक नेताले बताए । ती उद्योगीकाअनसार चन्दा पत्रमा रकम नै तोकर मागिएको छ , जब की नयाँ शक्तिले केही समय पहिले गरेको पत्रकार सम्मलेनमा कोही कसैलाई पनि जवरजस्ती चन्दा नलिने र लिएको पाइए त्यस्तलाई कारवाही गर्ने जनाएको थियो ।

सो घोषणा विपरित पछिल्लो पटक पूर्व सचिव खनालले उद्योगी एवम् व्यवासायीलाई हामी त एकाध वर्षमा सरकारमा पुगी हाल्छौ, हामीलाई कमजोर ठाने राम्रो हुँदैन भन्दै धम्कीको सैलीमा चन्दा दिन भनेका छन् ।

 जनआह्वान साप्ताहिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।