0 COMMENTS

IPL18-75x75काठमाडौँ , बैशाख १७ –इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ।

मुम्बईको वांगखडे स्टेडियममा गएराति भएको खेलमा कोलकाताले दिएको १७५ रनको लक्ष्य मुम्बई इन्डियन्सले १८ ओभरमा ४ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्मा ६८ नटआउट र पोलार्डले ५१ रनमा नटआउट रहे भने रायडुले ३२ र जोस बट्लरले १५ रन बनाएका थिए ।

कोलकाताका बलर सुनिल नारनले २ विकेट लिए भने उमेश यादव र शकिब अल हसनलले १–१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। कोलकाताका कप्तान गौतम गम्भीरले सर्वाधिक ५९ रन बनाएका थिए भने उथप्पाले ३६, राशेलले २२, सूर्यकुमार यादव २१ रन बनाएका थिए । मुम्बईका बलर साउथीले २, हरभजन, म्यक्लेंघन, हार्दिकले १,१ विकेट लिएका थिए ।

कोलकाता ६ खेलबाट ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा यथावतै छ भने ८ खेलमा ८ अंक सहित मुम्बई अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।६८ रन नटआउट बनाएका मुम्बईका रोहित शर्मा खेलको म्यान अफ द म्याच बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।