0 COMMENTS

money2-390x293बर्दिया, बैशाख १७ –जिल्लामा राहदानी वितरण, मापसेको जरिवाना र सङ्घसंस्था नवीकरणमार्फत रु दुई करोड भन्दा बढी राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले यस वर्ष दुई करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाका अनुसार चैत महिनामा मात्र १७ लाख ३४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालयले गत महिनामा रु ३२ करोड दैवीप्रकोप राहत वितरण पनि गरेको छ ।

त्यसैगरी, गृह मन्त्रालयमार्फत प्राप्त भएको रकममध्ये दुई जनालाई सवारी दुर्घटना क्षतिपूर्तिबापत रु दश लाख र दुई जनालाई आर्थिक सहायताबापत रु दुई लाख पनि वितरण गरिएको प्रजिअ थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।