0 COMMENTS

IPL_1काठमाडौँ , बैशाख १५ –इन्डियन प्रिमिएर लिग ( आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राती भएको खेलमा पुणे सुपरजाइन्टले सनराइजर्स हैदराबादलाई ३४ रनले हराएको छ । वर्षाले प्रभावित भएको खेलको हार जितको फैसला डकवर्स लुइस मेथडबाट भएको थियो । हैदराबादले दिएको ११९ रनको झिनो लक्ष्यलाई पुणेले ११ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाउदा पानी परेपछि खेल डकवर्स लुइस मेथड अनुसार पुणेले ३४ रनले जितेको हो ।

पुणेका लागि स्टेभेन स्मिथले ४६ रन नट आउट खेलेका थिए भने डुप्लेसिसले ३० रन बनाएका थिए । त्यस्तै हैदरावादका बलर भुवनेश्वर कुमार, नेहेरा र हर्निकेशले १,१ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंङका लागि आएको हैदराबादले पहिलो ओभरमै अशोक डीन्डाको बलमा डेभिड वार्नरलाई गुमाए पछि दबाबमा आएको थियो । पुणेका बलरहरुले हैदराबादलाई खुलेर खेल्न दिएका थिएनन । हैदराबादका लागि ओपनर शिखर धवनले ५६ रन नट आउट बनाएका थिए भने भुवनेश्वर कुमारले ८ बलमा २१ रन बनाएका थिए । पुणेका बलर अशोक डीन्डाले ३ विकेट लिएका थिए ।

४ ओभरमा १ मेडन सहित २३ रन दिएर ३ विकेट लिएका पुणेका अशोक डीन्डा खेलको म्यान अफ द म्याच भएका थिए ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।