0 COMMENTS

BHUKAMPAबैशाख १४, रसुवा । आज दिउँसो ३ बजेर १८ मिनेटको समयमा रसुवा केन्द्रबिन्दु बनाई ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

यसअघि बैशाख १२ गतेकै दिन बिहान २ बजेर १६ मिनेटको समयमा नुवाकोट केन्द्रबिन्दु बनाई ४.२ रेक्टरको भूकम्पको धक्का महशुश भएको थियो ।

आज रसुवामा गएको भूकम्प बैशाख १२ गतेकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । मानिसले थाहा नपाउने भूकम्पको धक्का गईरहेपनि नयाँ बर्षपछी धक्का महशुश हुनेगरी गएको यो चौथो भूकम्प हो ।

गत बर्ष बैशाख १२ गते महाविनाशकारी भूकम्प गएको थियो । त्यसपछि नेपालमा भूकम्पको पराकम्प जान अझै रोकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।