0 COMMENTS

9549_Kanak-Mani-Dixitवैशाख,११ काठमाडौं ।साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धानले सार्वजनिक सम्पत्ति दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै पक्राउ गर्दा देशमा खासै ठूलो हलचल भएन । आफूलाई बरिष्ठ पत्रकार भन्न रुचाउँने कनकलाई शुक्रबार दिउँसो अनुसन्धानका लागि पटकपटक पत्राचार र आग्रह गर्दा पनि अनुपस्थित रहेपछि पक्राउ नै गर्न पुग्यो । तर, ठूला पत्रकार भनिएका उनको पक्राउप्रति न ठूला मिडियाले आपत्ति जनाए, न नेताहरु पक्राउको विरोधमा बोले र न त पत्रकारहरुको संस्थाले नै आपत्ति जनाए ।

सामान्य घटनामा प्रतिक्रिया जनाइहाल्ने नयाँ शक्तिका डा. बाबुराम भट्टराई हुन् की कांग्रेसका युवा नेता गगन थापा नै किन नहुन् कोही पनि उनको पक्राउको विषयमा बोलेनन् । न त नागरिक समाजका कोही अगुवा अघि सर्दै शुक्रबार नै विरोध गर्न पुगे । कहीँ कतैबाट पनि दिक्षित पक्राउको विरोधमा स्वर नसुनिनुले झनै सन्देह उत्पन्न गराएको छ । अरुले विरोध नजनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत पत्रकारका रुपमा किन दिक्षितलाई पक्राउ गरेको भन्ने सामान्य विज्ञप्ती पनि निकाल्ने जमर्को गरेन । पत्रकारका संघ संस्था पनि दिक्षितको बचाउमा उत्रन तयार भइरहेका छैनन् ।

यस्ता छन् मुख्य आरोप
अख्तियारले दिक्षितले पदको दुरुपयोग गरी साउथ एसिया ट्रस्ट ११ करोड १२ लाख, बानेश्वरको महादेव गुठीमा रहेको १० रोपनी जग्गालाई जम्मा ८ लाख रुपैयाँमा श्रीमतीको नाममा गराएको, आफू र श्रीमतीको नाममा ५ करोड आम्दानी देखिंदा उनले १२ करोड खर्चेको, सरकारले अनुमति नदिइकन नै वीरगन्जमा साझाको जग्गा बिक्री गरेको, साझाका १६ बस खरिद गर्दा सरकारी नियम कानुन पालाना नगरेको जस्ता आरोप लगाउँदै छानविनका लागि बोलाउँदै आएको थियो ।

तर, निरन्तर प्रयास गर्दा पनि बयानका लागि जान इच्छा नदेखाएपछि उनको कार्यालय पाटनाढोकामै पुगी अख्तियारले पक्राउ गर्दै वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरी गौशालाको कस्टडीमा पुर्याएको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।