0 COMMENTS

sanghiya-ghatbandhanकाठमाडौं, १० बैशाख । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संघिय गठबन्धनले ‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ मुलनाराका अगामी काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । गठबन्धनले शुक्रवार पत्रकार सम्मेलन गरी अगामी आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो । यस अघि मोर्चाले २६ बुदें अवधारणा पत्र सार्वजनिक गर्दै मधेशी, आदिवासी जनजाती लगायतको मुद्धालाई सम्बोधन गर्नका लागि सरकार सँग जोरदार माग गरेका थिए । गठबन्धनले बैशाख १५ गते देखि जेठ १ गते सम्मका लागि विभिन्न आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेका हुन । पहिलो चरणमा गठबन्धनले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने छन्, त्यस्तै जिल्लामा रहेका सरकारी कार्यालयहरुमा कालोझण्डा झुन्डयाउने छन् । गठबन्धनले बैशाख २१ गते देखि विभिन्न जिल्लाको सदरमुकामहरुमा विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेका छन् ।

(विज्ञप्तीको पूर्णपाठ)
सङ्घीय गठबन्धन

मिति २०७३ वैशाख १०

प्रेस विज्ञप्ति
मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी समुदाय), थारु, मुश्लिम, खस समुदाय, महिला, पिछडा वर्ग, सीमान्तकृत, अल्पसंख्यक समुदाय, लोपोन्मुख जात÷जाति, क्षेत्र लगायत विभेद, उत्पीडन र बहिष्करणमा पारिएका समुदायहरुको साथै गरीब, किसान, मजदूर, र अत्यन्त विपन्न वर्ग, मुक्त कमैया, कम्लरी, सुकुम्बासी, भूकम्प पीडित लगायतका जनताले भोग्नु परेका समस्याहरुको समाधान गराउन संघीय गठबन्धनद्वारा अवधारणा पत्रमा प्रस्तुत गरिएको २६ बुँदे मागसहित विगतमा सरकारसँग भएका सहमति, सम्झौताहरु कार्यान्वयन गराउन स्वाधीनता, राष्ट्रियता र राष्ट्रिय एकतालाई मजबूत पार्दै विभेद्रहित, धर्म निरपेक्ष र पहिचानसहितको समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संवैधानिक रुपमा व्यवस्थित गर्न संविधान पुनर्लेखनका लागि मधेश आन्दोलन, आदिवासी जनजाति एवं प्रादेशिक आन्दोलनलाई अझ सशक्त र एकीकृत गर्दै संयुक्त राष्ट्रिय आन्दोलन परिचालन गर्ने उद्देश्यले निम्नानुसार आन्दोलन सम्बन्धी कार्यक्रमहरु जारी गरिएको छ ।
(१) २०७३ वैशाख १५ गते सबै जिल्लाका जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने (अवधारणा पत्रमा उल्लेख गरिएका मागहरु समेत) ।
(२) २०७३ वैशाख १७ गते सबै जिल्लाका सरकारी कार्यालयहरुमा विरोध स्वरुप कालो झन्डा गाड्ने,
(३) २०७३ वैशाख १९ गते जिल्ला सदरमुकामहरु लगायत मुख्य शहर बजारहरुमा अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा र्याली प्रदर्शन, आमसभा, कोणसभा लगायतका कार्यक्रमहरु गरी मजदूर दिवस मनाउने ।
(४) २०७३ वैशाख २१ देखि ३१ गतेसम्म प्रत्येक प्रदेश÷जिल्लाका प्रमुख शहरहरुमा बृहत् विरोधसभा गर्ने ।
(क) वैशाख २१ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन तथा सभा गर्ने ।
(ख) वैशाख २३ गते विराटनगर, धनगढी, पाँचथर र पोखरामा बृहत् विरोध सभा गर्ने ।
(ग) वैशाख २४ गते विरगंज, नेपालगंज र धनकुटामा बृहत् विरोध सभा गर्ने ।
(घ) वैशाख २५ गते बुटवल, जनकपुर, पाल्पा, इलाम, सुर्खेतमा बृहत् विरोध सभा गर्ने ।
(ङ) वैशाख २६ गते बिर्तामोड, हेटौडा, काभ्रेमा बृहत् विरोध सभा गर्ने ।
(च) वैशाख २७ गते धरान, राजविराज, दाङ, महोत्तरी, रौतहट र कञ्चनपुरमा विरोध सभा गर्ने ।
यसका अतिरिक्त बाकी जिल्ला÷प्रमुख स्थानहरुमा प्रादेशिक÷जिल्ला÷स्थानीय स्तरिय विरोध सभा÷कोण सभाहरु गर्ने ।
(५) वैशाख २१ गतेदेखि उपत्यकाका जिल्लाहरुका लागि जनपरिचालन र विरोध कार्यक्रमका विशेष योजनाहरु निर्माण गरी प्रत्येक दिन विभिन्न स्थान÷क्षेत्रहरुमा विरोधसभा÷कोणसभा÷जनजागरण अभियान निरन्तर रुपमा जारी राख्ने ।
(६) प्रत्येक विरोधसभा÷कोणसभा लगायतका कार्यक्रमहरुमा २०७३ जेष्ठ १ गते ‘काठमाडौं जाऊँ, सिंहदरबार घेरौं’ नारालाई अभियानका रुपमा प्रचार प्रसार गर्ने ।
(७) २०७३ जेष्ठ १ गतेदेखि सम्पूर्ण जिल्लाहरुका अतिरिक्त काठमाडौंको आन्दोलनलाई विशेष रुपले परिचालन गर्ने ।
(८) माथि उल्लेख गरिएका कार्यक्रमहरुका अतिरिक्त जिल्लाहरुमा संघीय गठबन्धनमा आवद्व संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, पहिचानमा आधारित संघीय गठबन्धन, प्रादेशिक मोर्चा, जातीय वा क्षेत्रीय लगायतका संगठनहरुले आ–आफ्नो क्षेत्रहरुमा आन्दोलन मूल परिचालन समितिसँग समन्वय गरी संयुक्त रुपमा जनजागरण तथा विरोधका अन्य आवश्यक कार्यक्रमहरु सक्नेछन् । कार्यक्रमहरुमा संघीय गठबन्धनले उठाएका मागहरुका साथै स्थानीय महत्वका जनसरोकारका सवालहरु, मागहरु, जनताका दैनिक जीवनसँग सरोकार राख्ने– भूकम्प पीडित, महँगी, कालोबजारी, भ्रष्टाचार, घुसखोरी, ग्यास, इन्धन, खाद्य बस्तु, खानेपानी, मल खाद्य र लोडसेडिङ जस्ता मागहरुलाई जोडदार रुपले उठाउने र सोही अनुसार जनप्रदर्शनहरु पनि गर्ने ।

सङ्घीय गठबन्धनमा आवद्व दल तथा संगठनहरु ः
१. उपेन्द्र यादव, अध्यक्ष– संघीय स¬माजवादी फोरम, नेपाल
२. महन्थ ठाकुर, अध्यक्ष– तराई–मधेश लोकतान्त्रिक पार्टी
३. राजेन्द्र महतो, अध्यक्ष– सद्भावना पार्टी
४. महेन्द्र राय यादव, अध्यक्ष– तराई मधेश सद्भावना पार्टी, नेपाल
५. शरत्सिंह भण्डारी, अध्यक्ष– राष्ट्रिय मधेश समाजवादी पार्टी
६. पद्मरत्न तुलाधर, संयोजक– आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल
७. परशुराम तामाङ, वरिष्ठ सह–अध्यक्ष– संघीय जनमुक्ति पार्टी
८. अनिल कुमार झा, अध्यक्ष– नेपाल सद्भावना पार्टी
९. राजकिशोर यादव, अध्यक्ष– मजफो (गणतान्त्रिक)
१०. भानुराम थारु, अध्यक्ष– थरुहट तराई पार्टी, नेपाल
११. कुमार लिङदेन मिराक, अध्यक्ष– संघीय लिम्बूवान पार्टी, नेपाल
१२. कुमार राई, अध्यक्ष– सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल
१३. तामाङ बुद्धराज स्याङ्तन, अध्यक्ष– आदिवासी जनजाति पार्टी, नेपाल
१४. कौशल कुमार सिंह, अध्यक्ष– लोक दल
१५. जीवन साह, अध्यक्ष– लोकतान्त्रिक पार्टी, नेपाल
१६. गंगा महरा, अध्यक्ष– बहुजन समाज पार्टी, नेपाल
१७. उत्तम सिं थाङदेन, संयोजक– लिम्बूवान संयुक्त संघर्ष समिति
१८. प्रेम बहादुर खाती, संयोजक– खसान राष्ट्रिय संघर्ष समिति
१९. लाक्पा शेर्पा, संयोजक– शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति
२०. मल्ल के सुन्दर÷नरेश ताम्राकार, संयोजक– नेवाः स्वायत्त राज्य मँखाः संघर्ष समिति
२१. जय गोले, संयोजक– ताम्सालिङ संयुक्त संघर्ष समिति
२२. हुम गुरुङ, संयोजक– तमुवान संयुक्त संघर्ष समिति
२३. होरीलाल चौधरी, अध्यक्ष– थरुहट÷थारुवान संयुक्त संघर्ष समिति
२४. महेन्द्र थापा मगर, संयोजक– मगरात संघर्ष समिति
२५. तारा विश्वकर्मा, संयोजक– संयुक्त दलित अधिकार मञ्च, नेपाल
२६. पद्म अधिकारी, अध्यक्ष– लिम्बूवान मुक्ति मोर्चा, नेपाल
२७. डा. विजय सैँजु, महासचिव– नेपाः राष्ट्रिय पार्टी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।