काठमाडौं, ८ वैशाख । राप्रपा नेपालका सांसद रेशम लामा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनेका छन् ।
मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले लामालाई संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री बनाएको हो । लामालाई सहायक मन्त्रीमा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफारिस गरेका थिए ।
पदीय मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै राप्रपा नेपालले यसअघि सहायक मन्त्री विराज विष्टलाई बर्खास्त गरी फिर्ता बोलाएको थियो ।
उनकै ठाउँमा लामा नियुक्त भएका हुन् । राप्रपा नेपाल काभ्रे जिल्ला कमिटीका अध्यक्ष एवं सांसद लामा पार्टी अध्यक्ष कमल थापा निकट मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस्