0 COMMENTS

breakingnews_lg-340x202काठमाडौं, वैशाख ६/ भारतीय पक्षले विराटनगरका उद्योगी व्यवसायीसँग तेस्रो देशबाट सामान आयत गर्दा भएको विलम्बवापत् लाग्ने जरिबान बुझाउन ताकेता गरेको छ । कस्टम ट्रान्जिट डिक्लियरेन्सको प्रावधानभन्दा धेरै समयसम्म सीमामा रहेका कन्टेनरलार्य लाग्ने जरिवाना बुझाउन पत्राचार गरिएको छ । बिहारको जोगबनीस्थित भन्सार कार्यालयले भन्सार एजेन्टमार्फत पत्राचार गर्दे उद्योगी, व्यवसायीलाई ताकेता गरिरहेको छ । भारतीय नाकाबन्दीको समयमा सीमानाका लामो समयसम्म कन्टेनर रोकिएका थिए । विराटनगरका उद्योगी तथा व्यवसायीले मात्र जरिवाना वापत् करोडौं रुपैयाँ बुझाउन बाँकी छ । उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले अन्तर्राष्ट्रिय सिपिङ कम्पनीले भारतीय अधिकारीह्मार्फत ताकेता गरेको जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।