0 COMMENTS

Jayant-Chandकाठमाडौं, बैशाख ५ –मन्त्री र उपप्रधानमन्त्रीको संख्या धेरै भयो भनेर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले सरकारमा पुनः अर्को मन्त्री थपेका छन् । राप्रपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द वाणिज्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मन्त्री चन्द समानुपातिक कोटाका सांसद रहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मन्त्री नियुक्त भएलगत्तै चन्दले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन् । यो मन्त्रालय राप्रपाको भागमा परेको थियो । संसदीय दलका नेता समेत रहेका श्रम तथा रोजगारमन्त्री दीपक बोहराले नै यो मन्त्रालय पनि सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।