0 COMMENTS

 patrolवैशाख,५ काठमाडौं ।पेट्रोलियम पदार्थ बिक्री गर्दा परिमाणमा उपभोक्ता ठग्ने दस पेट्रोलियम पम्पका सञ्चालक अझै कानुनी दायरामा आएका छैनन् ।

ठगीमा पाँच महिनाअघि मुद्दा चलाइएको २३ सञ्चालकमध्ये १२ पुर्पक्ष थुनामा छन् भने एक जना शुक्रबार धरौटीमा छुटेका छन् ।

भारतले नाकाबन्दी लगाएका बेला नोजल किगारेर मापदण्डभन्दा कम पेट्रोल डिजेल बेच्ने उपभोक्ता लुट्ने २३ पम्प सिल गरी कारबाही अघि बढाइएको थियो ।

ती पम्पले सय लिटर डिजेल, पेट्रोल बेच्दा ९६ लिटर मात्र उपभोक्ताले पाउने गरी प्राविधिक सेटिङ मिलाएका थिए । ठगीविरुद्ध प्रहरीले उदालतमा मुद्दा दायर गरे पनि काभ्रेका एकसहित उपत्यकाका १० पम्प सञ्चालक फरार रहेको प्रहरीले जनायो ।

ललितपुर, काठमाडौं, भक्तपुर र काभ्रेका पम्पमा छापा मार्दा २३ पम्पले ठगी गरेको भेटिएको थियो । नागरिक दैनिकमा समाचार छ 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।