0 COMMENTS

Shanta-Chaudhari-1-300x160 वैशाख,५ काठमाडौं ।दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएको भए शान्ता चौधरी मन्त्री हुन सक्थिन् । त्यसलाई एउटा सफलताका रुपमा मापन गरिन्थ्यो होला । तर, उनले ८ कक्षा पासलाई त्यसभन्दा ठूलो सफलता ठानेकी छिन् ।

बिहीबार प्रकाशित नतिजाअनुसार उनले ६४ दशमलब १२ प्रतिशत अंक ल्याएकी छन् । घरव्यवहार र राजनीतिक दौडधुपले पढाइमा समय दिन नपाए पनि मेहेनताका कारण सफलता हासिल गरेको उनले बताइन् ।

छोराछोरीभन्दा सानो उमेरका बालबालिकासँग पढ्न पाउँदा गर्व लागेको उनले बताइन् । ०६४ को निर्वाचनमा एमालेबाट समानुपाति सभासद् भएकी चौधरी सांसदको प्राकृतिक स्रोतसाधन समितिकी सभापतिसमेत भएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।