0 COMMENTS


winning-selfieकाठमाडौं, बैशाख ४ ।
मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर र विनोद भण्डारीले आक्रामक पाली खेलेपछि विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तर्गत नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले दिएको १९६ रनको लक्ष्य नेपालले १७ बल वाँकी छदैँ लक्ष्य भेट्टाएको हो । नेपाललका लागि विनोद भण्डारीले आक्रामक पाली खेले उनले ४० रन बनाए । यस्तै भेषवाकरले अन्तिममा चाैका हान्दै नेपाललाई जीत दिलाए भने अर्धशतक पनि पुरा गरे ।

नेपालले आज ओपनिङ जोडीमा परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र नरेश बुढाएरले महत्वपुर्ण ४२ रनको साझोदारी गरेपछि नेपालले सुधारिएर ब्याटिङ गरेको थियो ।

तर नेपालका लागि मल्ल ब्यक्तिगत २१ रन बनाएर आउट भएपछि त्यसको दोस्रो विकेटको रुपमा बुढाऐरलाई पनि १६ रनमा गुमाउन पुग्यो । लगालग विकेट पतन भएपछि दबाबमा देखिएको नेपालले त्यसपछि कप्तान पारस खड्काले समालिएर ब्याटिङ गरी नेपालको इनिङ्स उकासेका थिए । तर पारस पनि ब्यक्तिगत २१ रनमा आउट हुन पुगे ।

नेपालले दुइ विकेट सस्तैमा गुमायो । राजेश पुलामी र राजु रिजाललाई सस्तैमा गुमाएपछि दबाबमा देखिएको नेपालको इनिङ्स शरद भेषवाकर र भण्डारीले उकासेका हुन् ।

विश्व क्रिकेट लिग च्याम्पिनशिप अन्तर्गत नामिविया र नेपालबीचको खेलमा नेपालले १९६ रनको लक्ष्य पाएको छ । किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको नामिवियाले निर्धारित ५० ओभर खेलेर ९ विकेट गुमाउँदै १९५ रन बनायो । नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक तीन विकेट लिए । १० अोभर बलिङ गरेका रेग्मीले ४० रन दिएर तीन विकेट लिएका हुन् । यस्तै सोमपाल कामीले दुइ विकेट लिए ।

नेपालका लागि अण्डर नाइन्टिन विश्वकपबाट चम्किएका संदीप लामिछानेले एक विकेट लिए । पुरै १० ओभर बलिङ गरेर दुई मेडन राख्दै एक विकेट लिएका हुन् । उनले इकोनोमी ३.९६ राखेका छन् ।

यस्तै सबैभन्दा कसिलो बलिङ गरेका अनुभवी खेलाडी शक्ति गौचनले १० ओभर बलिङ गरेर दुइ मेडन राख्दै जम्मा २८ रन दिएका छन् । शक्तिले आज विकेट लिन सकेनन् ।

कप्तान पारस खड्काले पुरै १० ओभर बलिङ गरेर तीन मेडन राख्दै ३४ रन दिएर एक विकेट लिए ।

नामिवियाका लागि सलेल वर्गरले सर्वाधिक ३८ रन बनाए । त्यस्तै या फ्रान्स र जेजे स्मीतले समान २६ र २६ रन बनाए । यस्तै इरासमसले २५ र स्नाइम्यानले २३ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।